नक्सल बिद्रोहीको आक्रमणमा १५ सैनिकको मृत्यु http://bit.ly/2J7eqg0


भारत महाराष्ट्रको गढचिरौलीमा नक्सल विद्रोहीले गरेको आक्रमणमा परी १५ भारतीय सैनिकसहित १६ जनाको मृत्यु भएको छ । १० सैनिक घाईते भएको ईण्डिया टुडेले उल्लेख गरेको छ ।

सुरक्षाकर्मी चढेको गाडिमाथि विष्फोटक पदार्थ प्रयोग गरी आक्रमण भएको थियो । महाराष्ट्रमा पछिल्लो २ वर्षमा भएको यो शक्तिशाली आक्रमण हो ।
चरणबद्ध रुपमा भारतका विभिन्न प्रदेशमा भएको आम निर्वाचन लक्षित विष्फोट भएको हो । गत साता महाराष्ट्रमा नक्सल विद्रोहीले २७ सवारी साधनमा आगजनी गरेका थिए ।

http://bit.ly/2J7eqg0

http://bit.ly/2J7eqg0


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै