पाँचथरमा दुई परिवारका ९ जनाको विभत्स हत्या http://bit.ly/2HGOaXt

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा २ परिवारका ९ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङले जानकारी दिनुभयो । हत्यामा स्थानीय मनकुमार फागो संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । छिमेकी उनले पारिवारिक रिसिबीका कारण ९ जनाको हत्या गरेको प्रहरीको भनाई छ । उनको खोजी भइरहेको छ ।

http://bit.ly/2HGOaXt
धनराजको परिवारका पाँच र बमबहादुरको परिवारका चार जनाको हत्या भएको वडाध्यक्ष हस्तराज फियाकले पुष्टि गर्नुभयो । हत्या हुनेमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेको घटनास्थल पुगेको प्रहरीले जनाएको छ

http://bit.ly/2HGOaXt
१२ वर्षीया सीता खजुम भने भागेर बा“च्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । उनले मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताईन् । इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो । आवश्यक अनुसन्धानपछि मात्र थप बिषय बाहिर ल्याउन सक्ने पौडेलको भनाई छ । रासस प्रकाशित:जेष्ठ ७, २०७६

http://bit.ly/2HGOaXt


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै