एसइइमा करिश्माले ल्याइन् ‘बी प्लस’

नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर एसइइ परिक्षा उत्रिर्ण भएकी छन् । २०७५ सालको अन्तिममा उनले परिक्षा दिएकी थिइन् । फिल्म अभिनयमा कहिल्यै असफलता नभोगेकी उनी एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्रिर्ण भएकी हुन् । उनको ‘बी प्लस’ आएको छ ।


झण्डै तीन दशक लामो अभिनय यात्रापछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी थिइन् । पार्टीमा सक्रिय रहँदै गर्दा उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ९ बाट अध्ययन सुरु गरेकी थिइन् । एसइइ परिक्षा उत्रिर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ ।

हालै बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबीच पार्टी एकता भएपछि करिश्माले पार्टी परित्याग गरेकी थिइन् । उनी तत्काल नयाँ पार्टीमा आबद्ध हुने सोचमा छैनन् । एसइइमा राम्रो अंक पाएकी उनले प्लस टुमा व्यवस्थापन बिषय लिएर पढ्ने बताएकी छन् । एसइइ पास हुँदा उनी निकै खुसी छिन् ।

अभिनेत्री करिश्मा मानन्धर केही वर्षयता फिल्म अभिनयबाट टाढा छिन् । यद्यपि, उनले नृत्य गरेको फिल्म ‘जात्रै जात्रा’ हाल प्रदर्शनरत छ । तर, उनले फिल्ममा अभिनय भने गरेकी छैनन् । अहिले उनी अफर आएका फिल्म पनि नकार्दै आइरहेकी छिन् । उनी अब आफ्नी छोरी कवितालाई हिरोइन बनाउने तयारीमा छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै