रवि लामिछाने धरौटीमा रिहा

चितवन, भदौं ९ सोमबार । न्यूज २४टेलिभिजनको सिधा कुरा जनतासंग कार्यक्रम प्रस्तोता रबि लामिछाने र न्यूज २४ कै अर्का पत्रकार युवराज कंडेललाई हिजो चितवन अदालतबाट धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत चितवनका न्यायधीस हेमन्त रावलको इजलासले लामिछानेलाई ५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
गत श्रवण ३० गते राती पत्रकार शालिकराम पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेको प्रकारणमा भिडियो सार्वजनिक भएसंगैको घटनामा नाम जोडिएर आएपछि प्रहरीले न्यूज २४कै कार्यालयबाट टेलिभिजन प्रस्तोता रबिलामिछाने, पत्रकार युवराज कंडेललाई पक्राउ गरिएको थियो । सोही आत्महत्या प्रकरणमा रुकु भन्ने अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो ।
रबि लामिछानेलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिँदा अदालत बाहिर पक्राउको विरुद्धमा नाराबाजी भए, दे्शका बिभिन्न ठाउँबाट रबिको समर्थनमा रिहाइको माग गर्दै चितवन पुगे, भिडलाई नियन्त्रण गर्न प्रहरीले आश्रुग्यास प्रहार गर्नुप¥यो, केहीलाई नियन्त्रणमा लिने काम भयो ।
रवि लामिछानेलाई रिहा गर्न अदालतले दिएको आदेशमा भनिएको छ,¬ “प्रतिवादी मध्येका रवि लामिछाने र युवराज कंडेल न्यूज २४ टेलिभिजनमा सिधा कुरा जनतासंग कार्यक्रम संचालन गर्ने संचारकर्मी र प्रस्तुत मुद्दाको विषयमा निजहरुले संचालन गर्ने गरेको सो टेलिभिजन कार्यक्रमको विषयमा वस्तुसंग सम्बन्धित रहे भएको देखिदा प्रस्तुत मुद्दा सक्षम अदालत भित्र हाल विचारधिन रहेको अवस्था हुँदा प्रस्तुत मुद्दको अन्तिम टुंगो नलाग्दसम्म प्रस्तुत मुद्दाको विषयवस्तुलाई लिएर अनुसन्धानमा संलग्न प्रहरी, अभियोजनकर्ता सरकारी वकिल, पिडित परिवार, मुद्दाका सम्बद्ध साक्षी, मौकामा बुझिएको व्यक्तिहरु, प्रमाणको वैज्ञानिक परिक्षणमा संलग्न विशेषज्ञ, चिकित्सक, अदालत र समग्र न्यायिक प्रकृयाका बारमो कुनै पनि विषयवस्तु समावेश गरी संकलित प्रमाणको विश्वासनीयतामा अन्यथा असर पु¥याउने उद्देश्यले अदालत भन्दा बाहिर कुनै पनि सार्वजनिक कार्यक्रम गर्न, टेलिभिजन कार्यक्रम प्रसारण गर्न, फेसबुक लाइभ, टवीटर, युटुब लगायतका सामाजिक सन्जाल वा अन्य सार्वजनिक संचार माध्यमबाट विचार वा प्रतिक्रिया स्वदेश तथा विदेशमा व्यक्त गर्न, गराउन नपाउने गरी एवम् औषधी उपचारका लागि विदेश जानु परेको अवस्थामा यस चितवन जिल्ला अदालतको लिखित पूर्व अनुमति लिएर मात्र विशेष जान पाउने गरी निज प्रतिवादीहरु रवि लामिछाने र युवराज कंडेललाई शर्त सहितको उल्लेखित धरौटी रकम क्रमशः नगद रु पाँचलाख र रु तीनलाख रुपैया धरौटी वा सो बराबरको जेथाजमानत वा बिना कुनै शर्तको बैक ग्यारेन्टी दिए लिइ मुुलुकी फौजनारी कार्यविधि संहिता २०७४को दफा ६८ बमोजिम उल्लेखित शर्त सहितको कामग गराउनु ।”


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै