तामाङ डाजाङको ११औं अधिवेसनबाट अध्यक्षमा फूलकुमार बमजन निर्वाचित

नागरिक खबर, काठमाडैं । तामाङ डाजाङको अध्यक्षमा फूलकुमार बम्जन तामाङ विजयी भएका छन् । अर्का प्रत्यासी नेत्र तामाङलाई १३ मत अन्तरले पारजित गर्दै बम्जन निर्वाचित भएका हुन् । फूलकुमारले २० मत ल्याएका थिए भने नेत्रले सात मत ल्याए ।

कार्यसमितको उपाध्यक्ष, कोषाध्यक्ष, सचिव लगायत सदस्यहरू भने सर्वसहमतिमा चयन भएको छ ।

डाजाङले गत भदौं २८ गते नेपाल तामाङ घेदुङको हलमा गरेको अधिवेशन स्थगित गरेको थियो । अधिवेशन सहमतिमा कार्य समिति चयन गर्न गाह्रो भएपछि असोज ११ गतेको लागि मिति तय गरेको थियो ।

अधिवेशनले उपाध्यक्षमा मनिकलाल घिसिङ, सचिवमा निकिता तामाङ, कोषाध्यक्ष फूलमाया तामाङ, सह(सचिवमा सम्देन दोङ तामाङ निरबिरोध निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा इश्वर थोकर तामाङ, मानकाजी तामाङ, स्वयंवर सिंह तामाङ, दम्चे दोर्जे लामा, तेजबहादुर तामाङ,शान्ति तामाङ, कविराज तामाङ,रचना मोक्तान तामाङ, हिरामाया घिसिङ, हिरामाया घिसिङ (कुसुम), वाङछु पासाङ तामाङ लगायत रहेका छन् ।

अधिवेशन नेपाल तामाङ घेदुङको हलमा शुक्रबार असोज ११ गते विहान सम्पन्न गरेको हो । तामाङ डाजाङले तामाङ साहित्य क्षेत्रमा काम गर्दै आइरहेको छ । साथै डाजाङबाट नै मासिक पत्रिका समेत प्रकाशन हुँदै आएको छ ।

यो समाचार नागरिक खबरमा पनि छापिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै