२१औं शताब्दीको नविनतम व्यापार प्रणालीमा आइबोस अग्रग्रामी फड्को मार्ने तयारीमा

जाम्बुलीङ, काठमाडौं, ११ असोज २०७६ । “शुभ बिजया दशमी, शुभ दीपावली, नेपाल सम्बत तथा छठपर्व २०७६को पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम” आइबोसको सभाहल चुच्चेपाटी काठमाडौंमा सम्पन्न भयो ।
आइबोस मार्केटिङ प्रा.लि.का अध्यक्ष राजकुमार दंगालको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रोडक्ट ट्रेनिङ तथा रिसर्च प्रमुख भक्त थोकरले सञ्चालन गरेको थियो भने आइबोसको मार्केटिङ एक्जुकेटिभ डाइरेक्टर टेकबहादुर तामाङले स्वागत मन्तव्य दिएका थिए । शुभकामना आदानप्रदान समारोहमा ट्रेनिङ कोअर्डिनेटर रबिन कटुवाल, १ नं. प्रदेश डाइरेक्टर नारायण योङवाङ, कानूनी सल्लाहकार तिलबहादुर भट्टराई, लिडर रबिन नेपाली, मार्केटिङ डाइरेक्टर बिरेन्द्र न्यौपाने, क्रउन डाइरेक्टर तथा टप एचीभर चन्दकला राईले विजय दशमीको शुभकामना मन्तव्य दिएका थिए ।
आइबोस ग्लोबल मार्केटिङ प्रा.लि.ले मानव स्वास्थ्यका लागि नभइ नहुने नेपालमै पाउने जडिबुटीबाट बनेको अत्यावश्यक वस्तूहरुलाई २१औं शताब्दीको नविनतम व्यापार प्राणाली अन्तर्गत कोर्डिसेप, क्लोरोफिल, गानोडोर्मा, जिन्सीङ, मोरिण्डा नोनी, एलोभेरा, स्पीरोलिना, आस्था जिन्सीङ, जिन्को वयोलोवा, अर्गानिक ग्रीन टी लगायतका वस्तूहरुलाई विक्री वितरण गर्दै आइरहेको छ ।
शुरुको दिनहरुमा केही कठिनाई बोहोर्नु परेता पनि अहिले आईबोस ग्लोबल मार्केटिङ प्रा.लि.मा २५ वर्ष मल्टी लेभल मार्केटिङमा अनुभव बटुलेका अनुभवी नयाँ व्यवस्थापन टीमका साथ कम्पनीले नयाँ फड्को मार्ने तयारीमा रहेको मार्केटिङ एक्जुकेटिभ डाइरेक्टर टेकबहादुर तामाङले बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै