जम्बुलिङ इन्टरनेशनल अवार्ड- २०२२ को समापन कार्यक्रम सम्पन्न


काठमाडौँ । जम्बुलिङ इन्टरनेशनल अवार्ड- २०२२ को समापन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौको द वर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेन, आन्माज्ञान, समाखुसीमा एक कार्यक्रमबिच सम्पन्न भएको हो । मलेसियाको राजधानी क्वालालाम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा
२०२२ अगस्ट ५ तारिख ( २०७९ साउनको २०)मा १९ विधामा अवार्ड प्रदान गरि स्रष्टालाई सम्मान समेत गरिएको थियो भने बाँकी बिधाका कलाकारलाई आइतबार अवार्ड प्रदान गरिएको जम्बुलिङ फिल्मस प्रा. लि.का प्रबन्ध निर्देशक राज किङ वाईबाले जानकारी दिए ।

श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ जम्बुलिङ फिल्मस प्रा.लि.द्धारा आयोजित जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट विशिष्ट ब्यक्तित्व साथै नेपालबाट आएका कलाकारहरुको उल्लेख्य सहभागीता रहेको थियो । साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघ-संस्थाका पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो ।

जम्बुलिङ फिल्मस प्रा. लि.का प्रबन्ध निर्देशक राज किङ वाईबाको साभातित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि गुड फर फ्रेण्डस्का संस्थापक डा. भिम लाल तामाङ, बिशेष अतिथिमा एनआरएनय मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा र बिशेष अतिथिमै नेपाल तामाङ घेदुङ मलेसियका उपाध्यक्ष बिक्रम वाईबा तामाङ थिए ।

नेपाली कलाकारिता जगतका बरिष्ठ हांस्य कलाकार उत्तम केसी (चुई चुई पारेर) लाई लाईफ टाईम अचिब्मेन्ट अवार्ड प्रदान गरिएको छ भने उत्कृष्ट समाजसेवीको अवार्ड डा. भिम लाल तामाङलाई, बेस्ट वोमेन ईन्टरप्रेनर अवार्ड बसु माया तामाङ ( नेपाली मन उद्योग )लाई, बेस्ट प्रोग्राम अर्गनाइजर आर.के.सुवेदी ( नेशनल बक्स अफिस म्युजिक भिडियो अवार्ड ) लाई प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट नाधिङ भाकाको गायकको अवार्ड प्रदिप लामाले,खान्दोके सेलो गित बाट गायक आस्मान लोप्चनले, उत्कृष्ट म्हेन्दोमाया गायीकाको अवार्ड रमला पाख्रीनले , उत्कृष्ट म्हेन्दोमाया नव गायीकाको अवार्ड लक्ष्मी तामाङले , उत्कृष्ट दोहोरि गायीकाको जुरि अवार्ड अन्जु गौतमले, उत्कृष्ट दोहोरि नव गायीकाको अवार्ड गंगा गौतमले , उत्कृष्ट मोडल आधुनिक गितको अवार्ड आशामान तामाङ वाईबाले , उत्कृष्ट चरित्र अभिनयको अवार्ड अनिता तामाङ (नेगि) ले, उत्कृष्ट तामाङ सेलो नव गायीकाको अवार्ड सबिता तामाङले, उत्कृष्ट म्हेन्दोमाया नव मोडलको अवार्ड ममता गुरुङ तामाङले, उत्कृष्ट नव पप गायको अवार्ड दावा लामाले, उत्कृष्ट म्हेन्दोमाया गायिका इन्करेजमेन्ट अवार्ड शान्ति माम्बाले , उत्कृष्ट म्हेन्दोमाया गायक जुरी अवार्ड सौराम तामाङले, उत्कृष्ट लोकदोहोरि मोडल इन्करेजमेन्ट अवार्ड ज्योति खड्काले, उत्कृष्ट भजन गितका मोडल अवार्ड याम ब. अधिकारिले र मर्नेन वाईबा , कान्छा लामा , काले तामाङ र गायिका सुस्मिता स्याङ्तानलाई इन्करेजमेन्ट अवार्ड पाएका छन ।

त्यसैगरी राष्ट्रिय गीतको सर्वोत्कृष्ट गायकको अवार्ड रेशम कुमार विश्वकर्मालाई, नेपाली गीतको सर्वोत्कृष्ट संगीतकारको अवार्ड अनिल लामालाई, सर्वोत्कृष्ट संगीतकार पब्लिक चोइस अवार्ड टिका बम्जनलाई,सर्वोत्कृष्ट म्हेन्दोमाया मोडल पुरुष तर्फको अवार्ड अरिन तामाङलाई, सर्वोत्कृष्ट म्हेन्दोमाया मोडल महिला तर्फको अवार्ड रुपा एस घलेलाई, सर्वोत्कृष्ट म्हेन्दोमाया नव मोडल पुरुष तर्फको अवार्ड रमेश गोम्जालाई,सर्वोत्कृष्ट म्हेन्दोमाया गीतकार, संगीतकार (नयाँ)को अवार्ड पुष्प वाइबा तामाङलाई, सर्वोत्कृष्ट म्हेन्दोमाया गीतकार (नयाँ) वीर ब गोङबो,सर्वोत्कृष्ट म्हेन्दोमाया नव संगीतकार रेशा तामाङलाई, सर्वोत्कृष्ट म्हेन्दोमाया नव गायकको अवार्ड साप लामालाई, पपुलर सिङगर अफ दि इयर (म्हेन्दोमाया) आरम्भ तामाङलाई, जुरी अवार्ड म्हेन्दोमाया सौरभ तामाङ, पब्लिक चोइस अवार्ड म्हेन्दोमाया रितु वाइबा, सर्वोत्कृष्ट गुरुङ गीत गायक पुरुष गणेश गुरुङ ,सर्वोत्कृष्ट गुरुङ गीत गायीका महिला बिनिता गुरुङलाई, सर्वोत्कृष्ट ह्योल्मो गायक पुरुष लोब्साङ छेवाङ ह्योल्मो, सर्वोत्कृष्ट ह्योल्मो गायिका लोब्साङ सोनाम दोङ्बा ह्योल्मो, सर्वोत्कृष्ट नाधिङ गायिका ल्हामु शेर्पा, पब्लिक चोइस अवार्ड नाधिङ गायक पाल्मु शेर्पालाई, सर्वोत्कृष्ट आधुनिक पप गायक उर्गेन दोङलाई, सर्वोत्कृष्ट आधुनिक पप नव गायक देव सोल्टा तामाङ , सर्वोत्कृष्ट निर्देशक आधुनिक पप तर्फको अवार्ड लोकेन्द्र तामाङलाई ,सर्वोत्कृष्ट संगीत संयोजक आधुनिक गीततर्फको अवार्ड राजु खडकालाई प्रदान गरिएको थियो ।


त्यसैगरी पपुलर गायक आधुनिक र पप तर्फको अवार्ड कर्ण राज गिरिलाई, सर्वोत्कृष्ट आधुनिक तथा पप गायक पब्लिक चोइस अवार्ड निमा पाखृनलाई, इन्करेजमेन्ट सर्वोत्कृष्ट सेलो नव गायिका तर्फको अवार्ड रेश्मा बोम्जनलाई, सर्वोत्कृष्ट तामाङ सेलो नवगायक करण तामाङ, इन्करेजमेन्ट अवार्ड सेलो नव गायक कृष्ण थोकर, सर्वोत्कृष्ट नव गायिका तामाङ सेलो अवार्ड सबिता तामाङ, सर्वोत्कृष्ट तामाङ सेलो गीतकार कुमार स्याङ्बो, सर्वोत्कृष्ट सेलो निर्देशक निर्मल तामाङ, वर्ष सर्वोत्कृष्ट भिडियो तामाङ गीतको अवार्ड दिल तामाङ, सर्वोत्कृष्ट गायक तामाङ गीत अवार्ड हावा लामा, सर्वोत्कृष्ट तामाङ मोडल पुरुष तर्फको अवार्ड अमिर दोङलाई, मोडल तामाङ सेलो इन्करेजमेन्ट अवार्ड सुरज तामाङ, तामाङ सेलो पब्लिक चोइस अवार्ड देव दोर्जे तामाङ,तामाङ सेलो पपुलर अवार्ड मदन घलान, सर्वोत्कृष्ट नव कलाकार युजिला तामाङ, सर्वोत्कृष्ट कलाकार तामाङ चलचित्र सुस्मा मोक्तान, सर्वोत्कृष्ट लोकदोहोरी गायिका अवार्ड बिनिता गुरुलाई, सर्वोत्कृष्ट लोकदोहोरी नव गायिका गंगा गौतम, सर्वोत्कृष्ट लोकदोहोरी गीतकारको अवार्ड सुर्य माम्बालाई, सर्वोत्कृष्ट लोकदोहोरी अवार्ड नव मोडल नारायणी खत्री, लोकदोहोरी मोडल इन्करेजमेन्ट अवार्ड ज्योती खड्का , लोकदोहोरी जुरि अवार्ड अन्जु गौतम, सर्वोत्कृष्ट भजन गीत आधुनिक यम बहादुर अधिकारी, सर्वोत्कृष्ट संगीतकार शेर्पा गीतबाट कुङगालाइ अवार्ड प्रदान गरिएको थियो ।


सिंगापुरमा ब्यानर खोलेर सुरुवात गरेको कार्यक्रम विभिन्न विधामा अवार्ड दिदै श्रष्टालाई सम्मान गर्दै मलेसियामा सम्मपन्न भएको थियो । जुरीतर्फको जिम्मेवारी चिफ जुरी डिका गुरुङ, पवनवाङ लामा, मित्र देव गुरुङ, हेम वाइबा, सागर एस वाइबा र छुल्ठिम गुरुङ रहेका छन् । यो भन्दा अगाडि जम्बुलिङ फिल्मस प्रा. लि.ले नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको प्रमुख आतिथ्यमा पहिलो जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०१९ बैंकक थाइल्याण्डमा सम्पन्न गराएको थियो ।


More related

Events

News

Articles